तल्लो तहसम्म पार्टी एकीकरण गर्नुपर्छ: अध्यक्ष दाहाल

Posted on: 22 Sep, 2018

चितवन, ६ असोज | नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं ३ का अध्यक्ष नारायण दाहालले पार्टीको तल्लो तहसम्मका कमिटी एकीकरण हुन नसक्दा प्रदेश सरकार र स्थानीय सरकारलाई आवश्यक सहयोग हुन नसकेको बताउनुभएको छ । अध्यक्ष चयन भएपछि आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले प्रदेशदेखि गाउँसम्म एकीकरण छिटो गर्नुपर्ने बताउनुभयो । 

पार्टीले पूर्णता नपाउँदा सरकार र स्थानीय तहबाट भए गरेका सकारात्मक काम जनतामाझ पुग्न नसकेको उहाँको भनाइ थियो । 

पार्टी एकता भनेको देशको रुपान्तरण भएको भन्दै उहाँले अहिले सरकारले अघि सारेको ‘समृद्ध नेपाल र सुखी नेपाली’को नारा साकार पार्न तल्लो तहसम्म पार्टी एकीकरणको अनुभूति हुने गरी काम गर्नुपर्ने बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!