घाँस काट्न गएकी एक महिलाको घाँटी रेटी विभत्स हत्या

Posted on: 23 Sep, 2018

असोज ७, वीरगन्ज । बाराको कलैयामा एकजना महिलाको घाँटी रेटेर विभत्स हत्या गरिएको छ । कलैया उपमहानगरपालिका- १३ बलिरामपुरकी ४५ वर्षीया सियापति धोबीन् बैठाको घाटी रेटेर हत्या गरिएको हो । शनिबार घाँस काट्न घर नजिकै रहेको आफनै खेतमा गएकी उनि आइतबार बिहान मृत अवस्थामा फेला परेकी हुन् । उनको शव घाँटी रेटिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।


उनका अनुसार हत्या कसले र किन गरेको खुलेको छैन।

यस बिषयमा तपाइको प्रतिक्रिया...!