काठमाण्डौमा मानसिक सन्तुलन गुमाएकी एक युवती बलात्कृत

Posted on: 24 Sep, 2018

असोज ८, काठमाडौं । काठमाडौंको सिमलटारस्थित आरुबारीमा २८ वर्षीय युवती बलात्कृत भएकी छन् । मानसिक सन्तुलन गुमाएकी ती युवती स्थानीय एक ग्रिल पसलमा बलात्कृत भएकी हुन् ।

उनलाई बलात्कार गरेको आरोपमा महानगरीय प्रहरी वृत्त, बौद्धले सोलुखुम्बुका दावा तामाङलाई पक्राउ गरेको छ ।

युवती चर्चबाट फर्किँदै गरेको वेला फकाएर लगेर तामाङले बलात्कार गरेको पीडित परिवारको आरोप छ । तामाङको बुबाले सञ्चालन गरेको ग्रिल पसलमा लगेर उनले बलात्कार गरेको जनाइएको छ ।

प्रहरी स्रोतका अनुसार तामाङले बयानमा आफ्नो कसुर स्वीकारेका छन् । उनले आफूले मादक पदार्थ सेवन गरेको तालमा घटना भएको बयान दिएको प्रहरीले जनाएको छ ।

थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!