नेता नेपाल स्वदेश फिर्ता

Posted on: 25 Sep, 2018

असोज ९, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल स्वदेश फर्कनु भएको छ । घानामा भएको ‘पान अफ्रिकन सम्मेलन’मा भाग लिएर आज उहाँ स्वदेश फर्कनु भएको हो । 

असोज ३ गते उहाँ घानाको समाजवादी पार्टीको आयोजनामा हुने सम्मेलनमा ‘साम्राज्यवाद र पूँजीवाद विरोधी’ विषयको कार्यक्रममा सहभागी हुन नेकपाका स्थायी समिति सदस्य पम्फा भुसाल र केन्द्रीय सदस्य बलराम बाँस्कोटासमेत जानुभएको थियो । 

नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार सम्मेलन यही असोज ४ र ५ गते भएको थियो । सम्मेलनमा नेता नेपालले ‘बदलिंदो विश्व परिस्थिति र विश्व कम्युनिष्ट आन्दोलन’ तथा ‘साम्राज्यवादका नकारात्मक’ असरबारे बोल्नुभएको थियो । 

नेता नेपाललाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ पुग्नुभएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!