पोखराकी १० वर्षीय श्रीयाको बलात्कारपछि हत्या, यस्तो छ दोषीको बयान

Posted on: 26 Sep, 2018

असोज १०, पोखरा । पोखरामा सोमबार मृत भेटिएकी १० बालिका श्रीया बिकको बलात्कारपछि हत्या भएको छ । हत्यामा संलग्न छिमेकीलाई प्रहरीले पक्राउ गरेको छ ।


पोखरा-२२ पुम्दीभुम्दीको कोदीकी बालिका श्रीया बिकको बलात्कारपछि हत्या गरेको आरोपमा छिमेकी २७ वर्षीय कुसुम पौडेलसहित आधा दर्जन पक्राउ परेका थिए । 

प्रहरी अनुसार पौडेलले अभियोग स्वीकार गरेका छन् । उनले रक्सी र गाँजाको तालमा ललाइफकाई बलात्कार गर्न खोज्दा नमानेपछि यातना दिएर बलात्कार गरी हत्या गरेको बयान दिएका छन् । तर, अरुमाथि पनि आशंका रहेकाले अनुसन्धान जारी राखिएको छ ।

श्रीया सोमबार विद्यालयबाट फर्कने बित्तिकै बिस्कुट किन्न पसल गएकी थिइन् तर, उनी एकाएक हराएकी थिइन् । मंगलबार बिहानै झाडीमा अर्धनग्न अवस्थामा उनको शव भेटिएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!