अमेरिकी डिभी असोज १७ बाट खुल्ने, कसरी भर्ने ? यस्तो छ दुतावासको सुझाव

Posted on: 26 Sep, 2018

असोज १०, काठमाडौं । अमेरिकी डाइभर्सिटी भिसा (डि.भी.)  कार्यक्रम २०२० का लागि असोज १७ देखि आवेदन खुल्ने भएको छ ।

आवेदन दर्ता अवधि नेपाली समयअनुसार राति ९:४५ बजेबाट सुरु हुने गरी खुल्ने भएको छ भने कार्तिक २० गते राति १०:४५ बजेबाट बन्द हुने छ ।

नेपालस्थित अमेरिकी दूताबासका अनुसार डीभी चिट्ठामा सहभागी हुन शुल्क लाग्दैन । साथै दूताबासले आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन सल्लाह दिएको छ । सन् २०२० को डाइभर्सिटी भिसा चिट्ठाका लागि आवेदकहरूले दर्ता अवधिमा http://www.dvlottery.state.gov मा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई-डि.भी.) आवेदन फारम भर्नु पर्नेछ।

आवेदन दर्ता गर्दा पतिपत्‍नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचिकृत गर्नु अनिवार्य गरिएको छ ।

तर, २०२० को डाइभर्सिटी भिसा कार्यक्रममा एक नयाँ नीतिगत परिवर्तन गरिएको छ, जसअनुसार मुख्य आवेदकले अयोग्य पतिरपत्‍नी वा सन्तानको विवरण समावेश गरी पेश गरेको आवेदन अयोग्य ठहरिने दूताबासले जनाएको छ ।

डीभीको आवेदन भरेपछि आफ्नो कन्फर्मेसन नम्बर सुरक्षित राख्नु पर्नेछ । यही नम्बरका आधारमा डीभीका लागि छनोटमा भए नभएको ७ मे २०१९ पछि हेर्न सकिनेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!