काठमाडौंमा चक्कु प्रहार गरी आफ्नै श्रीमतीको हत्या, श्रीमान पक्राउ

Posted on: 12 Nov, 2018

कात्तिक २६, काठमाडौं | प्रहरीले श्रीमती हत्याको आरोपमा काठमाडौंको बुढानिकलकण्ठबाट एक पुरुष पक्राउ गरेको छ ।

चक्कु प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा खोटाङ देविस्थान घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका–१० माउण्ट कैलाशडाँडा कपन डेरा गरि बस्ने ४० वर्षीय सुबास राईलाई आइतबार राती प्रहरीले पक्राउ गरेको हो ।

सामान्य विवाद परेपछि आफ्नै कोठामा ३५ वर्षीया श्रीमती प्रमिला राईको चक्कु प्रहार गरी हत्या गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

चक्कु प्रहारलगत्तै घाइते भई उपचारको लागि हेल्पिङ हेण्ड अस्पताल चावहिल लगिएकी प्रमिलाको उपचारको क्रममा मृत्यु भएको थियो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!