श्रीमती माइत गएको मौका छोपी बाबुले गरे आफ्नै १४ वर्षीय छोरीमाथी बलात्कार

Posted on: 12 Nov, 2018

कात्तिक २६, मोरङ । मोरङको कानेपोखरी गाउँपालिकामा छोरी बलात्कारको आरोपमा बाबु पक्राउ परेका छन् ।

१४ वर्षीय छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा कानेपोखरी गाउँपालिका –५ का ३९ बर्षका बाबु परेका हुन् ।

श्रीमती माइत गएको अवस्थामा बुबाले गत कात्तिक ७ गते जबरजस्ती करणी गरेको खुलेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगाईले जानकारी दिए ।

उनका अनुसार किशोरीका हजुरआमाले किटानी जाहेरी दिएपछि कात्तिक २० गते प्रहरीले उनलाई पक्राउ गरेको हो । उनलाई इलाका प्रहरी कार्यालयले जबरजस्ती करणी मुद्दामा अनुसन्धान गर्न अदालतबाट म्यादसमेत लिएको छ ।

किशोरीले उक्त घटना हजुरआमालाई सुनाएकी थिइन् । त्यही आधारमा हजुरआमाले किटानी जाहेरी दिएको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!