आज दुबई, कतार, साउदी र मलेसिया लगाएतका देशको पैसाको मुल्य कति छ ? हेर्नुहोस

Posted on: 13 Nov, 2018

कात्तिक २७, काठमाडौं । आइतबार र सोमबार घटेको रियाल, रिंगिट, दिर्हाम लगायतका विदेशी मुद्राको भाउ मंगलबार केही बढेको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ०१ पैसा र बिक्रिदर ३१ रुपैयाँ १७ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९५ पैसा र बिक्रिदर ३२ रुपैयाँ १२ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ६७ पैसा र बिक्रिदर ३१ रुपैयाँ ८४ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ७८ पैसा र बिक्रिदर २७ रुपैयाँ ९२ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ २४ र बिक्रिदर १० रुपैयाँ २९ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ३ सय ८२ रुपैयाँ ३६ पैसा छ भने बिक्रिदर ३ सय ८४ रुपैयाँ ३३ पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर ३ सय ०८ रुपैयाँ ५७ पैसा र बिक्रिदर ३ सय १० रुपैयाँ १६ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!