बैतडीको रतेडी मेला: प्रहरीलाई देखेर भागदौडमा परि १ को मृत्यु, ३ घाइते

Posted on: 14 Nov, 2018

कृष्ण बिष्ट | कात्तिक २८, बैतडी | जात्रामा गएका एक ब्यक्तीको प्रहरिलाई देखेर भाग्ने क्रममा भीरबाट खसेर मृत्यु भएको छ । बैतडीको सिगास गाउपालिका वडा नं ३ को भुमिराज मन्दिर डुडैमा लागेको जात्रा हेर्न गएका वडा नं ५ का अन्ताजी २० वर्षीया बिरे चुनाराको भिरबाट लडेर मृत्यु भएको हो । 

मेलामा कुनै गलत काम भइरहेको छ भन्ने सुचना पाएपछि सिगास प्रहरि चौकीबाट खटिएको टोलीले जाचबुझ गर्न जादा एक्कासी भागदौड हुँदा चुनाराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रबक्ता कान्तिराज जोसीले जानकारी दिनुभयो । अन्य ३ जना घाइते भएका छन । 

भुमिराज मन्दिरमा लागेको रतेडी मेलामा मन्दिरबाट पाँच सय मिटर पर सो घटना भएको वडा नं ३ का वडा अध्यक्ष सेर सिँह बाहराले जानकारी दिनुभयो । उहाका अनुसार त्यहाँ जुवा-तास खेल्नेहरुको अखडा रहेको जनाइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!