विमानस्थलबाट अवैध सुनसहित ३ जना पक्राउ

Posted on: 15 Nov, 2018

कात्तिक २९, काठमाडौं | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छली अवैध रुपमा लैजान लागेको सुनसहित ३ जनालाई बुधबार दिउसो प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई करिब २ सय ९९ ग्रामको सुनको सिक्रीसहित पक्राउ गरिएको हो |

विभिन्न मुलुकबाट आएका यात्रुलाई भन्सार छली गर्न लगाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फ कार पार्किङ एरियामा उक्त सुन अवैध रुपमा संकलन गरी भन्सार छली लैजान लागेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!