यौन व्यवसायी र मादक पदार्थ सेवन गर्नेको अखडा बन्दै जोरपाटी क्षेत्रः रेट ६ सय भन्दा माथि

Posted on: 15 Nov, 2018

कात्तिक २९, काठमाडौं । राजधानीको गोकर्णेश्वर नगरपालिका क्षेत्रका केही स्थानहरुमा अवैध रुपमा यौन व्यवसायी सञ्चालन फस्टाउदै गएको छ । पछिल्लो समयमा प्रहरी प्रशासनको अनुगमन प्रभावकारी रुपमा नहुदाँ त्यस प्रकारको व्यवसाय बढ्दै गएको हो ।

जोरपाटी क्षेत्रमा दैनिक जसो झैझगडा, लुटपाट लगाएत सामाजिक अपराध बढ्दै गर्दा जनप्रतिनिधि र प्रशासन भने मुकदर्शक बनिरहेका छन् । चाँडपर्वको समयमा मात्र होईन हरेक दिन मादक पदार्थ सेवन गर्नेहरुको संख्या बढेकै कारण होहल्ला गर्ने, श्रीमान-श्रीमतिबीच झगडा हुने तथा हिंसात्मक गतिविधिमा संलाग्नमा वृद्धि हुदै गएको स्थानीयहरुको गुनासो छ । होटल व्यवसायको नाममा अनैतिक गतिविधि सञ्चालन गर्दा समेत सम्बन्धित निकायको चासो नरहेको भनाई व्यक्त गर्दै सोही क्षेत्रका एक स्थानीयवासी भन्छन्– ‘प्रहरी र जनप्रतिनिधिको अनुगमन नभएर नै नकारात्मक गतिविधि बढ्दै गएको छ । हामीलाई रात्री समयमा हिड्न समेत सुरक्षाको महसुस गर्न सक्ने अवस्था छैन् ।’

उक्त क्षेत्र रातको समयमा मात्र होईन दिउँसै पनि अनेक प्रकारका घट्नाहरु घट्दै आईरहेको छ । एकै ठाउँमा तिहारकै समयमा मात्र ५ घटना घटेको थियो तर प्रहरीले त्यस प्रकारको घटनालाई वास्तै नगरेको स्थानीयहरुको आरोप छ । भाईटिकाकै भोलिपल्ट जोरपाटीको नाराणटार स्थित दुवोचौर नजिक एक २४/२५ वर्षीय महिला मादक पर्दाथ सेवन गरी व्यवहारिसे अवस्थामा भुईमा लडिपटि गर्दै बाटो हिड्नेलाई मनपरी मुख छाड्ने तथा लखेट्ने गरी रहदाँ कोहिकसैले प्रहरीलाई खबर गर्न सकेका थिएन् ।  प्रहरी कन्ट्रोलमा सम्पर्क गरी महिला प्रहरी सहित प्रहरीलाई बोलाउँदा महानगरीय प्रहरीवृत्त बौद्धलाई खबर पुर्याएको र भ्यानसहित आउने जानकारी दिए पनि प्रहरी आईपुग्न सकेन । घटनाले ठूलो दूर्घट्ना हुन सक्छ भन्दै स्थानीय पत्रकार र स्थानीय एक जनाको सहयोगमा घटना नजिकैको प्रहरी विट जम्बुडाडा बाट एक महिला प्रहरी ल्याएर त्यस महिलालाई नियन्त्रणमा लिई घर पुर्याउनु पर्ने बाध्यता थियो । उक्त घटनाले प्रहरीको लपारवाहीलाई दर्शाएको समेत त्यहाँ स्थित प्रत्यक्षदर्शी विबेक लामाले बताए ।


त्यस क्षेत्रका होटलहरुमा बेलाबेलामा प्रहरीको अनुगमन भएपनि मादक पदार्थ बरामदको समाचार मात्र बनिरहेको र यौन व्यवसायीसामु भने पुग्न सकेको छैन । होटल व्यवसायी प्रमाणपत्र नै नराखी अवैध धन्दा चलाईरहँदा वडाका स्थानीय निकाय चुपचाप छन् । प्रत्येक टोल–टोलमा वडा सदस्यहरु रहेता पनि वडामा भएको गतिविधिमा चासो नदिदा अवैध गतिविध बढिरहेको स्थानीय सार्वसाधारणहरुको गुनासो छ । त्यस्तै गोकर्णेश्वर नगरपालिका वडा ५/६ र ७ का क्षेत्रहरुमा बढ्दो यौन व्यवसायी गरेका सामान्य होटलहरु रहेको एक तथ्य थाहा हुन आएको छ । उक्त क्षेत्रहरु कुनै रातको समय मात्र चल्ने र कुनै दिउँसो चल्ने गरेको जानकारी पाएको छ । सोही क्षेत्रको बस्तुस्थिति बुझ्न गएका एक पंत्तिकारको भनाईअनुसार एउटा पर्दा लगाएको होटलभित्र ५ जना महिला रहेको र कालो चियाँ एक कपको रु. ५० र खुद्रा बजारमा ३५ पर्ने चिसोको रु. ६० लिने गरिएको छ । उनले भने 'बाग्मति किनारकै एक टहरा छिर्दा त्यहाँ ६ जना महिलै-महिला मात्र भेटियो र बाहिर फरक भित्र बेग्लै वातावरण रहेको त्यहाँभित्र सामान्य क्याविन समेत रहेको बताए ।

पंत्तिकारले भने– उनीहरु मात्र होईन त्यहाँ बाहिरीबाट पनि बोलाएर सम्पर्कमा पठाउने र तिनीहरुले लिने रकम ६ सय (सामान्य होटल), १ हजार (सामान्य क्याविन सहितको होटल) लिने गरेको छ । समृद्धि समाज र राष्ट्रको परिकल्पना गरेका जनप्रतिनिध तथा सरकारका प्रशासन किन मौन कहिले सम्म सामान्य नागरिकले सुरक्षाको प्रत्यभूति गर्ने ? चासो र गम्भीर विषय बनेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!