सातमहिने नाबालिका प्रहरी हिरासतमा

Posted on: 16 Nov, 2018

कात्तिक ३०, बाजुरा | गौमुल गाउँपालिका–४ बस्ने एक महिलाकी सातमहिने नाबालिका छोरीलाई एक सातादेखि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको पाइएको छ । 

सातमहिने नाबालिकालाई एक सातादेखि हिरासतमा राखिएको प्रति आफन्तले आपत्ति जनाएका छन् । नेपालको संविधानले १० वर्षमुनिका बालबालिकालाई यातना दिन नपाइने अभिवक्ता हर्क खडायतले बताउनुभयो । प्रहरी नायब उपरीक्षक उद्धबसिंह भाटले नाबालिकाकी आमा कमला रोकायालाई सोही वडाकी सङ्गीता रोकायाले ठगी मुद्दा दायर गरेपछि महिला प्रहरीको सेफ हाउसमा राखिएको जानकारी दिनुभयो । 

उहाँले सो वडामा रहेको बालविकास केन्द्रमा कर्मचारी राख्ने विषयमा विवाद हुँदा ठगीको उजुरी परेपछि पक्राउ गरिएको बताउनुभयो । नाबालिकालाई एक सातादेखि हिरासतमा राख्दासमेत जिल्लामा बालबालिकाका क्षेत्रमा कार्यरत सङ्घसंस्था तथा अधिकारकर्मीले चासो नदेखाएको आफन्तको आरोप छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!