२८ हजार अमेरिकी डलरसहित दुई युवक पक्राउ

Posted on: 17 Nov, 2018

मङ्सिर १, रसुवा | २८ हजार ६ सय अमेरिकी डलरसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। 

काठमाडौंबाट रसुवागढी जाँदै गरेको बा १ य १४४६ नम्बरको स्कार्पियो चेकको क्रममा उनीहरू पक्राउ परेका हुन् ।


पक्राउ पर्नेमा चितवन जिल्लाको रत्ननगर नगरपालिका–७, टाँडीका ५३ वर्षीय श्रीराम चौधरी र रौतहट जिल्लाको गुजरा नगरपालिका–९, सिम्म्रा भवानीपुरका ३२ वर्षीय विकासप्रसाद चौधरी रहेका छन् ।

उनीहरुलाई गोसाइँकुण्ड गाउँपालिका–६, त्रिशुली खोलाबाट आज बिहान ८.४५ बजे पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

पक्राउ परेका दुवै जनालाई राजश्व अनुसन्धानमा बुझाइने प्रहरी नायव उपरीक्षक सन्तोष तामाङले बताउनुभयो  ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!