आज राति १२ बजेदेखि ३ बजेसम्म सिंह उल्का वर्षा हुने

Posted on: 17 Nov, 2018

मङ्सिर १, काठमाडौँ (रासस) | आज राति सिंह राशिबाट उल्का वर्षा हुने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । 

आकाश मण्डलमा मध्यराति १२ बजेदेखि ३ बजेसम्म सिंह राशिबाट उल्का वर्षा भएको देख्न सकिने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले राससलाई जानकारी दिनुभयो । १:३० बजे सबैभन्दा धेरै उल्का वर्षा भएको स्पष्टरुपमा देखिने उहाँको भनाइ छ । 


आज ११:४५ बजे आकाश मण्डलमा सिंह उदाउने सोसाइटीले जनाएको छ । आकाश मण्डलमा ग्रह, नक्षत्र, राशिको उल्का वर्षा हुनु नियमित प्रक्रिया भएको जनाइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!