विदेश जान तयार सापकोटा सुटकेस सहित ६ दिनअघि चितवनबाट बेपत्ता, आज तेह्रथुममा भेटिए

Posted on: 17 Nov, 2018

मङ्सिर १, चितवन (रासस) | छ दिनदेखि हराइरहेका कालिका नगरपालिका–६ बाग्लुङ्गेटोलका २४ वर्षीय सुदीप सापकोटा तेह्रथुममा फेला पर्नुभएको छ । 

कात्तिक २६ गते सोमबार विदेश यात्राका लागि आवश्यक सामान खरीद गरी फर्कने क्रममा उहाँ नारायणगढबाट बेपत्ता हुनुभएको थियो । 

इलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख प्रहरी नायब उपरीक्षक दयानिधि ज्ञवालीका अनुसार प्रहरीले उहाँलाई तेह्रथुमको ब्लुहेभन होटलमा भेटेको हो । प्रहरीले उहाँको मोबाइल र ल्यापटप ट्रेस गरी ठाउँ पत्ता लगाएको ज्ञवालीले बताउनुभयो । 

सापकोटाले अष्ट्रेलिया जान तयार पारेको कागजपत्रसमेत नक्कली भएको पुष्टी भएको छ । अष्ट्रेलिया जाने तयारीमा भनिएका सुदीप नारायणगढमा सामग्री किनमेल गरेपछि सुटकेससहित सम्पर्कविहीन हुनुभएको थियो । 

भारतको दिल्लीबाट कम्प्युटर इञ्जिनीयर उत्तीर्ण गर्नुभएका सुदीपको आगामी मङ्सिर ४ गते अष्ट्रेलिया जाने विद्यार्थी भिसासमेत लागी टिकटसमेत लिइसकेको भनिएको थियो । गत असोज ३ गते विदेश जाने भन्दै विवाहसमेत गर्नुभएको थियो । सुदीपका बुबा गङ्गा सापकोटाले सुदीप भेटिएको र लिनका लागि तेह्रथुम गइरहेको बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!