जुम्लाका दुई स्थानिय तहमा एकै रात आक्रमण

Posted on: 18 Nov, 2018

मङ्सिर २, जुम्ला | एकै रात जिल्लाका दुई वटा स्थानिय तहमा आक्रमण भएको छ । अज्ञात समूहद्धारा जिल्लाको चन्दननाथ नगरपालि र गुठिचौर गाँउपालिकामा शनिबार राति आक्रमण भएको हो । आक्रमणबाट नगरपालिकाको गाडी आगजनि भएको छ । भने गाँउपालिका महत्वपुर्ण कागजपत्र जलाईएका छन् । आक्रमण किन र कसले गर्र्यो भन्ने बिषयमा कारण नखुलेपनि प्रहरीका अनुसार अहिले मुचुल्का गर्ने तयारी भैरहेको छ । 

चन्दननाथ नगरपालिकाको प्रांगणमा रोकिएको क १ झ १ नम्बरको गाडि आगजनिबाट पुरै क्षति भएको छ । राति सवा एक बजे नगरपालिकाका पाले बिष्णुप्रसाद न्यौपानेले गाडीमा आगो लागेको थाहा पाएपछि सबैलाई जानकारी गराएका थिए । उनले आफू सुतिरहेको अवस्थामा ढोकामा अज्ञात व्यक्तिले ढक–ढक हानेको र ढोका खोलेर हेर्दा गाडी जलिरहेको बताए । त्यसपछि खबर गर्दा स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिईएको गिथयो । जलेको गाडि ४० लाख बराबरको मुल्य परेको निमित्त प्रशासकीय अधिकृत ज्ञानेन्द्र बुढ्थापाले बताए । यतिखेर नगरपालिकाका मेयर भारतमा र प्रमुख प्रशासकीय अधिकृत रारा भ्रमणमा गएका छन् ।


यस्तै जिल्लाको गुठीचौर गाउँपालिकाको कार्यालयमा तोडफोड गरी कम्प्यूटर इलेक्ट्रोनिक सामग्रीहरु नष्ट गरिएका छन् । कार्यालयभित्रको लाखौँका सामग्री नष्ट भएको प्रमुख प्रशासकीय अधिकृत केशवप्रसाद शर्माले जानकारी दिए । ‘गाउँपालिका नै आगजनी गर्ने प्रयास गरिएको देखिन्छ, तर कागजहरु मत्र जलेछन्’ उनले भने । गाउँपालिकामा जडान गरिएको सीसी क्यामरा पनि चुँडेर फालिएको छ । प्रहरी नायव उपरीक्षक सिताराम रिजाल घटनास्थलको वास्तविक अवस्था बुझ्न गाँउपालिका पुगेका छन् । घटनाको विवरणसहित अनुसन्धान सुरु गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी टेकबहादुर बुढ्थापाले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!