धादिङको एकादशी जात्रा: झडपमा प्रहरी सहित केहि घाइते, ८ सवारी साधनमा तोडफोड

Posted on: 19 Nov, 2018

मङ्सिर ३, धादिङ | धादिङ र गोरखाको सिमानामा पर्ने धादिङ ज्वालामुखी ५ बुंकोटघाटमा आज मध्येराति झडप भएको छ | झडपका क्रममा केहि स्थानीय सहित १ जना प्रहरी घाइते भएका छन् भने ३ बोलेरो र ४ वटा मोटरसाइकल तोडफोड भएको छ | 

स्थानीय र प्रहरीले दिएको जानकारी अनुसार गोरखापट्टिबाट आएको समूहले धादिङपट्टी भएको जात्रामा आक्रमण गरेको थियो | झडप नियन्त्रण गर्ने क्रममा ज्वालामुखि साद भन्ज्याङका असई विनय कुमार पाण्डे घाइते भएका छन् | उनलाई उपचारका लागि काठमाडौँ स्थित प्रहरी अस्पताल लागिएको धादिङका प्रहरी निरीक्षक केशव सिङ थापाले साझा सबाललाई जानकारी दिए | उनको अनुसार झडपमा संलग्न गोरखाका केहि व्यक्तिहरुको नाम जिल्ला प्रहरी कार्यालय गोरखा पठाइएको छ | थापाका अनुसार उनीहरुलाई नियन्त्रणमा लिएपछी मात्र घटनाको बारेमा थप जानकारी प्राप्त हुनेछ | 


यसै बिषयमा ज्वालामुखी ५ का वडाध्यक्ष कृष्ण प्रसाद काप्रीले बताए अनुसार झडपका क्रममा गोरखा र धादिङ दुवै तर्फका गरि ८ सवारी साधनमा तोडफोड भएको छ | रोकीराखिएका ३ बोलेरो र ५ मोटरसाइकल तोडफोड भएको हो | काप्रीका अनुसार झडपको क्रम गोरखापट्टीका समूहले अन्धाधुन्द ढुङ्गाले हानेका थिए, त्यहि क्रममा असई विनय कुमार पाण्डेको नाकमा ढुंगाले लागेको हो | 

झडपका क्रममा दुवै पक्षका केहि घाइते भएको भए पनि कोहि सम्पर्कमा आएका छैनन् | रातिनै आफू घाइते भएको भन्दै फोन गरेको व्यक्तिको समेत फोन स्वीच अफ रहेको वडाअध्यक्ष काप्रीले जानकारी दिए | 

स्थानीयले दिएको जानकारी अनुसार लंगुरबुर्जा खेलाउने क्रममा भएको सामान्य विवादले पछी झडपको स्थिति पैदा भएको हो | झडपको मुख्य दोषी गोरखा क्यामिन्टारका कमल कुमाल रहेको बताइएको छ | उनलेले क्यामुनटारबाट केही युवाहरु लिएर धादिङ तर्फ आई जात्रामा आक्रमण गरेका थिए । स्थानीयले पनि व्यक्ति-व्यक्तिबीच भएको सामान्य विवाद पछी गोरखा पट्टिबाट आएको ठूलो समुहको कारण झडपमा परिणत भएको बताएका छन् | आक्रमण पछी उत्तेजित भएर गएका त्यहि समूहले गोरखा पट्टि रोकिराखेको ३ बोलेरो र ५ वटा मोटरसाइकल तोडफोड गरेका थिए | 


धादिङ्गको र गोरखासिमानामा जोडीएको बुंकोट घाँटमा बर्षेनी एकादशीको मेला लाग्ने गरेको छ । बर्षेनी घटना हुने गरेको जात्रामा काम शंख्यामा प्रहरी परिचालन गरिनु, जुवातास खेल्न दिइनु र मदिरा सेवनलाई नियन्त्रण गर्न नसक्नुले बर्षेनी घटना हुने गरेका छन् । 


तश्वीर: सुशान श्रेष्ठ 

यस बिषयमा तपाइको प्रतिक्रिया...!