अर्धनग्न अवस्थामा युवतीको शव फेला

Posted on: 19 Nov, 2018

मङ्सिर १, बनेपा | काभ्रेमा अर्धनग्न अवस्थामा एक युवतीको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सोमबार बिहान रुखमा झुन्डिएको अवस्थामा युवतीको शव फेला परेको हो ।

मृत युवती पनौती नगरपालिका वडा न ५ बस्ने २१ वर्षीया सुधा केसी रहेको प्रहरीले जनाएको छ । युवतीले घरमा सामान्य विवाद भएसँगै बिहान पाँच बजे घरबाट निक्लेर आत्महत्या गरेको खुल्न आएको छ ।

मृतकले आफूले लाएको पाँच वटा लुगा फुकालेर रुखको फेदमा राखी ब्रा र पेन्टीमात्रै लगाएर झुण्डिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक गिरीका अनुसार घरबाट तीन सय मिटरको दुरीमा रुखमा अर्धनग्न अवस्थामा झुण्डिएको शव फेला परेको हो। उनका अनुसार मृतको शरीरमा कुनै चोटपटक छैन । आलुबारीमा फुकालेर राखेका लुगामा पनि कुनै चोटको निशाना नभएको डिएसपी गिरीले बताए । 

उनले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए । मृतक युवती काभ्रे क्यामपसमा बिएकी विद्यार्थी हुन् । घटनाको प्रारम्भिक अनुसन्धानबाट युवतीले आत्महत्या गरेको प्रहरीको भनाइ छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!