काठमाडौंबाट घरेलु रिभल्वरसहित दुर्इ जना पक्राउ

Posted on: 19 Nov, 2018

मंसिर ३, काठमाडौं । नयाँ बानेश्वरबाट घरेलु रिभल्वरसहित दुर्इ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका-३ का २७ वर्षीय भुवन परियार र २७ वर्षीय मनपरन चौधरी छन् । उनीहरुलाई महानगरीय प्रहरी वृत्त बनेस्वरले पक्राउ गरेको हो ।

उनीहरू जडिबुटी ढुङ्गेधारामा बस्दै अाएका थिए । वृत्तका अनुसार उनीहरूलार्इ रिभल्वरसहित नियन्त्रित लागूऔषध नाईट्राभेट ५६ एम्पुल र मोबाईल २ थानसहित पक्राउ गरिएको हो ।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!