निर्मला हत्या प्रकरण: दुई शंकास्पदको डीएनए बेलुका आउने

Posted on: 09 Dec, 2018

मङ्सिर २३, काठमाडौँ | निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणको अनुसन्धानका क्रममा पक्राउ परेका दुई युवकको डीएनए रिपोर्ट आइतबार साँझसम्ममा आउन सक्ने नेपाल प्रहरीले जनाएको छ । 

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालकै अगाडि कसुर स्वीकार गरेको दाबी गरिएका प्रदीप रावल र स्थानीय विशाल चौधरीको डीएनए रिपोर्ट साँझसम्म आउन सक्ने प्रहरी स्रोतले जनाएको हो । 

जसको आधारमा कञ्चनपुरस्थित सालघारीका विशाल र दिनेश चौधरीलाई पक्राउ गरिएको दाबी प्रहरीको थियो । तर, पछि दिनेशको घटनामा संलग्नता नरहेको भन्दै उनलाई छाडिएको थियो । 

प्रदीपले गाउँलेसँग आफू निर्मलाको प्रेमी भएको बताउने गरेको समेत प्रहरी दाबी थियो भने घटना भएको दिन उनको मोबाइल घटनास्थल वरपर देखिएको बताइएको थियो । जसको आधारमा उनीमाथि शंका बढाइएको थियो । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले पनि शनिबार निर्मलाको हत्यारा पक्राउ परिसकेको दाबी गरेका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!