नुवाकोट दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या २० पुग्यो, ५ जनाको सनाखत (७ तस्विर हेर्नुहोस्)

Posted on: 15 Dec, 2018

मंसिर २९, नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१, घ्याङफेदीमा शुक्रबार साँझ भएको मिनीट्रक दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुगेको छ । घाइते १५ जनाको काठमाडौंमा उपचार भइरहेको छ ।

बा ३ ख ३९१३ नंं को मिनीट्रक दुर्घटना हुँदा १८ जनाको घटनास्थलमै मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय, नुवाकोटका प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईका अनुसार थप २ जनाको पनि मृत्यु भएको छ । १ को अस्पताल लैजाँदै गर्दा र अर्काको उपचारका क्रममा मृत्यु भएको हो ।


दुर्घटनामा तीन महिला र १७ पुरुषको ज्यान गए पनि हालसम्म ५ जनाको मात्रै सनाखत हुन सकेको छ । प्रहरीका अनुसार मृतकमध्ये रिभल तामाङ, आइते तामाङ, रितेश पण्डित, केनम तामाङ र शुकराम तामाङको मात्रै पहिचान खुलेको छ ।

सवारीसाधन अभाव भएपछि घाइतेलाई अवेर राति मात्रै काठमाडौं ल्याइएको छ । काठमाडौं ल्याइएका ८ को शिक्षण अस्पताल र ७ जनाको बिपी स्मृति अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

अधिकांश  सिम्टाङस्थित आफन्तकोमा आयोजित घेवामा सहभागी भएर घर फर्किंदै थिए । मिनीट्रक सडकबाट करिब ५ सय मिटर तल तादी खोलामा खसेको छ ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!