३३ किलो सुन तस्करी प्रकरण: हराएको सुन भारतमा फेला पर्यो !

Posted on: 15 Dec, 2018

मङ्सिर २९, काठमाडौं | सुन तस्कर चुडामणि उप्रेती ‘गोरे’को समूहले गत माघमा त्रिभुवन अन्तरष्ट्रिय विमानस्थलबाट पास गराएपछि हराएको भनिएको ३३ किलो सुन भारतको कलकत्तामा फेला परेको छ । 

दुईजना नेपाली नागरिकबाट ३३ किलो सुन भारतमा भेटिएको पुष्टि गर्दै तत्कालिन सुन तस्करी छानविन समितिका संयोजक सह–सचिव ईश्वरराज पौडेलले बताए | उनका अनुसार सुन भेटिएको भन्ने आएको र धरान–इटहरीका बासिन्दाबाट नै उक्त सुन बरामद भएको सूचना आएको हुनाले उक्त सुन अनुसन्धान गरेको ३३ किलो हो भन्ने बुझिएको छ ।’ 

कलकत्ता प्रहरीले हेमप्रसाद शर्मा र राकेश प्रसादको साथबाट बरामद गरेको सुन ‘गोरे’ समूहको हो या होइन भन्नेबारे भेरिफाई गर्ने काम भइरहेको सह–सचिव पौडेलले जानकारी दिए । 

कलकत्ता प्रहरीले २१ शुक्रवार उक्त सुन बरामद गरेको बताइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!