श्रममन्त्री स्वदेश फिर्ता

Posted on: 15 Dec, 2018

मङ्सिर २९, काठमाडौँ (रासस) | श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट मोरक्कोको माराकेसमा सम्पन्न सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनका लागि विश्वव्यापी सम्झौता (जिसिएम) सम्मेलनमा सहभागी भई आज स्वेदश फर्कनुभएको छ । 

मन्त्री विष्ट नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले यही मङ्सिर २४ र २५ गते भएको उक्त सम्मेलनमा सहभागिता जनाएको थियो । सम्मेलनलाई सम्बोधन गर्दै उहाँले सुरक्षित आप्रवासनका लागि सबैको सहकार्यको आवश्कतामा जोड दिनुभएको थियो । 

सम्मेलनमा नेपालका तर्फबाट मन्त्री विष्ट, श्रम मन्त्रालयका सचिव महेशप्रसाद दहाल र वैदेशिक रोजगार विभागका महानिर्देशक दिलीप चापागाईँले सहभागिता जनाउनुभएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!