काठमाडौंमा स्कुटरको ठक्करबाट छोराको ज्यान गयो, आमा घाइते

Posted on: 19 Dec, 2018

पुस ४, काठमाडौं । काठमाडौंको बसुन्धारामा भ्यानले स्कुटरलाई ठक्कर दिँदा एकजनाको ज्यान गएको छ । आमाछोरा सवार स्कुटरलाई भ्यानले ठक्कर दिँदा छोराको ज्यान गएको छ भने आमा घाइते भएकी छिन् ।

बुधबार बिहान ३ बजे बा ४ च ६८४८ नम्बरको भ्यानले बा ९७ प ७८३७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक रामेछाप देउराली ४ घर भई काठमाडौंको बसुन्धरा बस्दै आएका अनिल श्रेष्ठको ज्यान गएको हो ।

अनिलकी आमा भगवतीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!