दाङमा यात्रुवाहक बस दुर्घटना: २४ यात्रु घाइते, २ को अवस्था गम्भीर

Posted on: 19 Jan, 2019

माघ ५, तुलसीपुर | दाङको तुलसीपुर–१२ मा भएको बस दुर्घटनामा २४ जना यात्रु घाइते भएका छन् । 

तुलसीपुरबाट दमार गाउँतर्फ जाँदै गरेको रा १ ख ४९४ नम्बरको बस आज दिउँसो दुर्घटना भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिनुभयो । 

दुर्घटनामा परी गम्भीर घाइते तुलसीपुर–६ का आशा विक र तुलसीपुर–११ कि गीता मल्ललाई थप उपचारका लागि नेपालगञ्ज पठाएको छ । अन्य घाइतेको भने अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । बसमा २४ जना सवार रहेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!