साढे २ करोड ठगेर फरार भएकी एक महिला दरबारमार्गबाट पक्राउ

Posted on: 22 Jan, 2019

माघ ८, पोखरा । साढे दुई करोड रुपैयाँ ठगेर फरार भएकी एक महिला पक्राउ दरबारमार्गबाट परेकी छन् ।

बागलुङ बडिगार्ड गाउँपालिका-८ घर भइ पोखरा महानगरपालिका-२६ अर्घौमा बस्दै आएकी ४२ वर्षीया सरिताकुमारी रानालाई प्रहरीले काठमाडाैको दरबारमार्गबाट पक्राउ गरेको हो ।

सरिताले सर्बसाधारणलाई विभिन्न प्रलोभन देखाउँदै ठगी गरेर फरार भएको भनी उजुरी परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) ओमबहादुर रानाले बताए ।

एसपी रानाका अनुसार सरिताले घरजग्गा खरिद गर्न, जग्गासँग घर घरसँग जग्गा साटिदिने प्रलोभन देखाएर रकम लिएर गठी गरेकी हुन् ।

प्रहरीले सरितासँग घर र जग्गा नभएपनि फ्ल्याट भाडामा लिएर बस्ने गरेको र उनीसँग काम गर्ने मान्छे तथा प्राइभेट कार पनि रहेको जनाएको छ ।

सरिताले आफू जडिबुटी कम्पनीको मालिक भएको, हाइड्रो पावरको मालिक, कवाडी सञ्चालकलगायत परिचय दिदै ठगि गर्ने गरेको पिडितको आरोप छ ।

ठगीको आरोपमा पक्राउ परेकी रानालाई प्रहरीले मंगलबार दिउँसो सार्वजनिक गरेको हो । सरिताले आफूले रकम लिएर फिर्ता नगरेको स्वीकार गरेकी छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!