चर्चित माता सबितालाई गोली हानेर हत्या गर्ने धम्कि, गुहार माग्दै माता प्रहरी चौकीमा (भिडियो)

Posted on: 16 Feb, 2019

फागुन ४, काठमाडौँ | आफुलाई माता भनेर दावी गर्ने सविता आचार्य शुक्रबार एक्कासी प्रहरी चौकीमा पुगेकी छिन् । सवितालाई बन्दुक देखाएर धम्क्याएपछि उनी सुरक्षाका खातिर प्रहरी चौकी धाउन बाध्य भएको पत्रकार सम्मेलननै आयोजना गर्दै माताले जानकारी दिएकि छन् ।

तनहुँ घर बताउने युवकले आँफुलाई बन्दुक देखाउँदै हत्याको प्रयास गरेको उनले रहस्य खोलेकि हुन् । यस अगाडी आँफुलाई हत्या गर्ने उदेश्यका साथ दुधमा विष हालेर दिएको घटनाका विषयमा दाबी गरे लगत्तै उनले फेरी अर्को नयाँ रहस्य खोलेकी हुन् । आँफुलाई बन्दुक नै देखाएर हत्याको प्रयास भएको माताले बताइन् ।

यद्यपी माताले आफूले उक्त शंकास्पद युवकको नाम खुलाउन भने चाहिनन् । ति युवक बाहिरबाट आएको उनले बताइन् । सो अवसरमा उनले आफ्नो दुश्मनी कोहीसँग नभएको तर पत्रकारहरुले आँफुलाई गलत समाचार सार्वजनिक गरेर दु:ख दिइरहेको भन्दै जंगीइन् । 

उनले पत्रकारहरुले आफ्नो धर्म राम्रोसँग निर्वाह नगरेकाले पत्रकारहरु माथी पनि उनले औँला ठडाइन् । तर उनले तत्कालै आफ्नो कुरा घुमाएर यस विषयमा अहिले नबोलौँ भन्न समेत भ्याइन् । 

थप भिडियोबाट: 


यस बिषयमा तपाइको प्रतिक्रिया...!