आफ्नै हजुरबुबाबाट पाँच वर्षीया नातिनी बलात्कृत

Posted on: 16 Feb, 2019

फागुन ४, अर्घाखाँची । अर्घाखाँचीमा शुक्रबार आफ्नै हजुरबुबाबाट पाँच वर्षीया नातिनी बलात्कृत भएकी छिन् । 

सन्धिखर्क नगरपालिका -११ डिभर्ना अमिले निवासी ६५ वर्षीय एक वृद्ध आफ्नै पाँच वर्षीया नातिनीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् । 

जबरजस्ती करणीको बारेमा आमालाई बालिकाले बताएपछि आमाले प्रहरीलाई जानकारी गराएकी थिइन् । जानकारी पाउनासाथ तत्काल प्रहरी अधिकृतसहितको टोली गई हजुरबुबालाइ पक्राउ गरेको हो । आरोपीलाई नियन्त्रणमा लिई अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

त्यस्तै बिहीबार अर्घाखाँचीको भूमिकास्थान–१, साम्नेगाउँकी १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्यूठानको मल्लरानी गाउँपालिका–२ सिउतेका ६८ वर्षीय डण्डबहादुर विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ । पीडित बालिका शारीरिक रूपमा कमजोर देखिन थालेपछि उनकी आमाले सोधपुछ गरेपछि घटना सार्वजनिक भएको हो ।

विश्वकर्मालाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले नियन्त्रणमा लिई प्यूठान प्रहरीलाई बुझाएको छ । चाउचाउ खाने पैसा दिएर ललाइफकाई बालिकालाई बलात्कार गरेको पीडितले बताएकी छन् । बालिका गत पुसदेखि नै बृद्धबाट बलात्कारको सिकार हुँदै आएको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!