न्यायाधीश जोशीको राजीनामा स्वीकृत

Posted on: 19 Feb, 2019

फागुन ७, काठमाडौँ | राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीले दिनुभएको राजीनामा स्वीकृत गर्नुभएको छ । 

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा १३१ को खण्ड (क) बमोजिम सो राजीनामा स्वीकृत गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

वरिष्ठतम् न्यायाधीश जोशीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामार्फत राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा दिनुभएको हो । 

संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशका लागि जोशीको नाम अनुमोदन नगरेपछि न्याय सम्पादन गर्ने वा नगर्ने विवादका बीच उहाँले सर्वोच्च अदालतमा काम गरिरहनुभएको थियो । 

प्रधानन्यायाधीश जबरा नियुक्त भएसँगै उहाँलाई न्याय सम्पादनको जिम्मेवारीबाट मुक्त गरिएको थियो । उहाँ बिदामा बस्नुभएको थियो । उहाँको कार्यकाल आगामी जेठसम्म थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!