दरबारमार्गस्थित रात्री क्लवका ३ सञ्चालक पक्राउ

Posted on: 22 Feb, 2019

फागुन १०, काठमाडौं | दरबारमार्गस्थित रात्री क्लव ‘क्लव डेजाभु’का तीनजना सञ्चालक पक्राउ परेका छन् ।

सञ्चालकहरु प्रवेश श्रेष्ठ, प्रतिक श्रेष्ठ र समीप शिल्पकारलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

बिहीबार साँझ पक्राउ परेका डेजाभुका सञ्चालबिरुद्ध २ करोड ठगी गरेको जाहेरी दर्ता भएको बताइएको छ ।

क्लवका अर्का एक सञ्चालक मनोज श्रेष्ठ फरार छन् । बिहीबार पक्राउ परेका तीनजना बिरुद्ध ठगी मुद्दामा अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!