काठमाडौँमा राँगोको आक्रमणबाट एक बृद्धको मृत्यु

Posted on: 23 Feb, 2019

फागुन ११, काठमाडौं । चन्द्रागिरि नगरपालिकाको मच्छेगाउँ ९ मा राँगोको आक्रमणमा परी एकजनाको मृत्यु भएको छ । आक्रमण गर्ने करवि ३ घण्डा पछि राँगो दहचोक पुगेपछि राँगोलाई प्रहरीले लखेटेर गोली हानेर मारेको छ ।

राँगोको आक्रमणबाट शनिबार बिहान स्थानीय ७० वर्षीय मानबीर महर्जनको मृत्यु भएको डिएसपी कुमार विक्रम थापाले जानकारी दिए ।

मर्निङवाकमा निस्किएका महर्जनलाई राँगोले आक्रमण गरेको थियो । गम्भीर घाइते महर्जनलाई उपचार गर्न कीर्तिपुर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

राँगो कीर्तिपुरतिरबाट मान्छे मारदै दहचोक पुगेको र रााँगो कसको हो भन्ने खुलेको नखुलेको माहानगरी प्रहरी प्रभाग वलम्वुका प्रहरी निरिक्षक शकंर खड्काले वताए ।

राँगोले मान्छे मारेपछि महानगरीय प्रहरी वृत्त थानकोट र महानगरी प्रहरी प्रभाग वलम्वुको टोली र स्थानीयबासीले राँगोलाई समात्ने प्रयास गरेका थिए । मच्छेगाउँबाट खेद्दै दहचोक पुगेपछि प्रहरीले राँगोमाथि गोली चलाएको थियो ।

थप क्षति हुनबाट जोगाउन गोली चलाएको प्रहरील वृत्तका प्रमुख प्रहरी नायव उपरीक्षक थापाले वताए । राँगोको आक्रमण वाट केही घाईते समेत भएको वुभिएको छ । राँगोलाई नियन्त्रणमा लिर्दा महानगरी प्रहरी प्रभाग वलम्वुका प्रहरी हवल्दार लालवहादुर राना सामान्य घाईते भएका हुन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!