प्रहरीलाई घुस दिन खोज्ने दुई जना काठमाडौंबाट पक्राउ

Posted on: 16 Mar, 2019

चैत २, काठमाण्डौ । प्रहरीलाई घुस दिन खोज्ने दुई जना काठमाण्डौको गोठाटारबाट पक्राउ परेका छन् । 

चेक गर्ने क्रममा ५ सय रुपैयाँ घुस दिँदै गर्दा कागेश्वरी मनोहरा नगरपालिका ८ गोठाटारबाट पक्राउ परेका हुन् ।

बिनाकागजपत्र बा४५प ९६३३ नम्बरको मोटरसाइकल चलाएका ओखलढुङगाका अर्जुन बुढाथोकी र मोटरसाइकल पछाडी बसेका भेषबहादुर थापालाई पक्राउ गरेको महानगरीय प्रहरी प्रभाग काँडाघारीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!