नेपाली युवकसँग विवाह गरेकी पाकिस्तानी चेलीले एक महिनामै पाइन् नेपाली नागरिकता

Posted on: 18 Mar, 2019

फागुन ४, काठमाडौं । नेपाली युवकसँग विवाह गरेकी पाकिस्तानी चेलीले एक महिनाभित्रै नेपाली नागरिकता पाएकी छन् ।

बाग्लुङका सुधिन आचार्यसँग फेसबुकमा चिनजान भएर बिहे गरेकी पाकिस्तानी युवती आम्ना सफिकले बाग्लुङ जिल्ला प्रशासन कार्यालयबाट आइतबार नेपाली नागरिकता लिएकी हुन् ।

नागरिकतामा उनको नाम आम्ना सफिक आचार्य कायम भएको जिप्रकाले जानकारी दिएको छ ।


सफिकले गत ३० फागुनमा नागरिकताका लागि निवेदन दिएकी थिइन् । आइतबार प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेल आम्नालाई नागरिकता हस्तान्तरण गरेका थिए ।

नेपालकी बुहारी आम्नाले अब नेपालमा स्थायी बसोबास गर्न सक्नेछिन् भने पाकिस्तान माइत जान त्यहाँको भिसा लिनुपर्ने छ ।

सुधिन र आम्नाले गत फागुन १२ गते जिल्ला अदालत बाग्लुङमा कानूनी बिहे गरेका थिए । बिहेमा सुधिनका बुबा टीकाराम र आमा डिलमाया अदालतमा उपस्थित भएका थिए ।

आम्नाका तर्फबाट कोही पनि अभिभावक थिएनन् । उनले आफ्नो पाकिस्तानी नागरिकता, शैक्षिक योग्यताको प्रमाणपत्र र केही समयदेखि बाग्लुङ नगरपालिका १२ को अमलाचौरमा अस्थाई बसोबास गरेको सिफारिस पेश गरेकी थिइन् । उनले फोनबाटै आफ्ना बाबुआमासँग सहमति मागेकी थिइन् ।

मुलुकी देवानी संहिता ०७४ को दवाफ ७७ बमोजिम दर्ता बिबाह गर्न केटा र केटी मञ्जुर भए न्यायाधीशले गराइदिन सक्ने व्यवस्था छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!