सीके राउत नेतृत्वको नवगठित पार्टीद्वारा सिरहामा प्रदर्शन

Posted on: 19 Mar, 2019

चैत ५, सिरहा । सिरहामा सीके राउत नेतृत्वको नवगठित जनमत पार्टीले आज प्रदर्शन गरेको छ । सरकारसँग ११ बुँदे सम्झौतालाई ऐतिहासिक सफलता मान्दै सिके राउतलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम तय भएपनि प्रर्दशन मात्र गरिएको हो ।


प्रदर्शनका क्रममा नवगठित पार्टीका अध्यक्ष राउतले लहानस्थित मधेस आन्दोलनका शहिद रमेश महतोलगायतको शालिकमा माल्यार्पण गरेका छन् । अलग मधेसको मुद्दा छाडेपछि राउतका समर्थक घटेको स्थानीय बताउँछन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!