मलेसियाबाट फर्केका ३ नेपाली चुरोटसहित विमानस्थलबाट पक्राउ

Posted on: 19 Mar, 2019

चैत ५, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब साढे २ लाख रुपैयाँ बराबरको सुर्तीजन्य पदार्थ चुरोटसहित ३ जनालाई पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुनसरीका कमलनारायण विश्वास, मोरङका सैलेन्द्र माझी र नुवाकोटका प्रकाश थपलिया छन् ।

अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक (एसपी) कृष्ण कोइरालाका अनुसार सोमबार राति मलेसियन एयरको उडानबाट क्वालालम्पुरबाट काठमाडौं आएका उनीहरुलाई पक्राउ गरिएको हो ।

विशेषः सुराकीका आधारमा भन्सार छलेर ल्याइएको चुरोटलाई विमानस्थलको आगमन गेट अगाडि चेकजाँच गर्ने क्रममा नियन्त्रणम लिइएको उनले बताए ।

बरामद सुर्तीजन्त पदार्थ नेपाल मूल्य दुई लाख ४७ हजार ७ सय रुपैयाँ बराबरका छन् । बरामद सामग्रीसहित पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि विमानस्थल भन्सार कार्यालय, गौचरण पठाइएको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!