सावधान ! सादा पोशाकमै प्रहरी घुमिरहेका छन्, जबर्जस्ती रङ दल्ने र लोला हान्ने नगर्नुस्

Posted on: 20 Mar, 2019

चैत ६, काठमाडौँ | काठमाडौं उपत्यकामा होलीमा करिब तीन हजार सुरक्षाकर्मी परिचालित भएका छन् । काठमाडौँ लगायत मुख्य सहरहरुमा प्रहरीले नियमित गस्ती तथा सादा पोशाकमै गस्ती गरिरहेका छन् । सादा पोशाकमा करिब ३ सय जना प्रहरी खटिएको बताइएको छ । काठमाडौँमा झन्डै १ हजार, ललितपुरमा ५ सय ८४ र भक्तपुरमा ४ सय ८ प्रहरी खटिएका छन् । 

त्यस्तै महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार होली पर्व सुरक्षाका लागि एक सय सात स्थानमा चेक पोइन्ट राखिएका छन् । ८५ वटा क्विक रेस्पोन्स टिम समेत खटाइएको छ । बिभिन्न स्थानमा मोबाइल गस्ती भईरहेको छ । प्रहरीले गस्तीको क्रममा कसैले जबर्जस्ती रङ दलीरहेको वा जसलाई पायो उसलाई लोला हानेको, अराजक गतिविधि गर्दै गरेको देखेमा प्रहरीले तुरुन्तै पक्राउ गर्नेछ । त्यस्तै कसैले जबर्जस्ति लोला हाने वा रङ्ग दलेमा उसले प्रहरीमा उजुरी दिए तत्काल प्रहरीले समात्ने बताइएको छ । 

त्यस्तै प्रहरीले मादक पदार्थ सेवन गरी होली खेल्नेलाई पनि पक्राउ गर्नेछ । प्रहरीले रमाइलो साथ होली मनाउने, होली खेल्नकै लागि सडकमा आएकाहरुसँग मात्र होली खेल्न आग्रह गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!