होलीमा उच्छृङ्खल गतिविधि गर्ने एक महिलासहित ४६ जना

Posted on: 20 Mar, 2019

चैत ६, काठामाडौँ । प्रहरीले होलीका नाममा उच्छृङ्खल गतिविधिमा संलग्न ५० जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौका प्रवक्ता प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीका अनुसार काठमाडौका विभिन्न स्थानबाट उच्छृङ्खल गतिविधिमा संलग्न एक महिलासहित ४६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

पक्राउ पर्नेहरुले होली खेल्ने बहानामा जवरजस्ती रङ दल्ने र लोला हान्ने गरेको प्रहरीले जनाएको छ ।  प्रहरीले विगत बर्षको तुलनामा यस बर्ष काठमाडौमा शान्तिपुर्ण रुपमा होली पर्वमा सर्वसाधारण रमाइरहेको र अहिलेसम्म कुनै अप्रिय घटना नभएको जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!