विप्लवविरुद्ध परिचालनबारे नेपाली सेनाले जारी गर्यो यस्तो विज्ञप्ति

Posted on: 21 Mar, 2019

चैत ७, काठमाडौं । कालीकोट लगायतका जिल्लामा विप्लव माओवादीविरुद्ध सेना परिचालन भएको भन्ने समाचारहरु कतिपय मिडियामा आउन थालेपछि नेपाली सेनाको ध्यानाकर्षण भएको छ । नेपाली सेनाले विहीबार एक विज्ञप्ति जारी गर्दै केही दिनदेखि आइरहेका टीकाटिप्पणीहरुप्रति आफ्नो ध्यानाकर्षण भएको बताएको छ ।

नेपाली सेना अहिले पूर्वनिर्धारित तालिम, सैन्य अभ्यास र स्वास्थ्य शिविरमा केन्द्रित रहेको विज्ञप्तिमा स्पष्ट पारिएको छ ।

विगत केही दिनदेखि आधिकारिक श्रोतले दिएको औपचारिक सूचनाबाहेक पनि विभिन्न सैनिक स्रोतको हवाला दिँदै केही सञ्चार माध्यमहरुले नेपाली सेनासम्बन्धी गरेका विभिन्न भ्रामक र कपोलकल्पित टिकाटिप्पणीहरु गरेको भन्दै विज्ञप्तिमा गुनासो गरिएको छ ।

हेर्नुहोस् विज्ञप्ति :


यस बिषयमा तपाइको प्रतिक्रिया...!