निर्मला हत्या प्रकरण: निलम्बित डीएसपी अंगुर जिसी अदालत उपस्थित

Posted on: 25 Mar, 2019

चैत ११, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) का निलम्बित डीएसपी अंगुर जिसी अदालत हाजिर भएका छन् । 


कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याको अनुसन्धानमा खटिएका डीएसपी जिसी आज जिल्ला अदालत कञ्चनपुरमा उपस्थित भएका हुन् । 

जिल्ला अदालत कञ्चनपुरमा उनी लगायत ८ जनाविरुद्व प्रमाण नष्ट गरेको भन्दै मुद्दा परेसँगै डीएसपी जिसी त्यसैको बयान दिनका लागि अदालत उपस्थित भएका हुन् । 

यस्तै जिल्ला अदालतले आइतबार मात्रै पूर्वएसपी दिल्लीराज बिष्ट १० लाख धरौटीमा रिहा हुन आदेश दिएसँगै बिष्ट धरौटी तिरेर रिहा भइसकेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!