पूर्वसभासद यादव सरकारी छाप किर्ते गरेको आरोपमा पक्राउ

Posted on: 18 Apr, 2019

बैशाख ५, काठमाडौ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका केन्द्रीय सदस्य एवं पूर्वसभासद बीपी यादव पक्राउ परेका छन् ।  यादव सरकारी छाप किर्ते गरेको आरोपमा पक्राउ परेका हुन् ।

भौतिक पूर्वाधार विकास मन्त्रालयबाट सप्तरीको अग्रिसाइर कृष्णासवरण गाउँपालिका २ र ३ मा पर्ने सडक निर्माणमा किर्ते उपभोक्ता समितिमार्फत बैंक खाता समेत खोलेको पाइएपछि उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी राजेन्द्र विष्टले बताए । 

नक्कली उपभोक्ता समिति बनाएर सरकारी छाप किर्ते गरेको थाहा पाएपछि नेता यादवलाई पक्राउ गरिएको एसपी विष्टले बताए । उनको बारेमा थप अनुसन्धान भइरहेको छ । यादवमाथि सरकारी छाप किर्ते गरेको आरोपमा मुद्दा चलाउने प्रहरीले बताएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!