जब प्रेसर कुकर बम भनि डिस्पोज गर्न खोज्दा बासी भात भेटियो !

Posted on: 18 Apr, 2019

बैशाख ५, काठमाडौँ । मोरङको सुन्दरहरैचा नगरपालिकामा नक्कली प्रेसर कुकर बम फेला परेको छ । 

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दका दिन बिहिबार बिहान सुन्दरहरैचा नगरपालिका-७ स्थित बेलगाछीमा नक्कली कुकर बम राखिएकाे फेला परेको हो । सुन्दरहरैचा नगरपालिकामा प्रेसर कुकर बम फेला परेको हल्ला चलेपछि पुर्व-पश्चिम राजमार्ग समेत केही समय अवरुद्द भएको थियो ।


बम फेला परेको खबर पाएलगत्तै नेपाली सेनाको टोली उक्त स्थानमा आएर डिस्पोज गर्न खोज्दा बम भनिएको उक्त प्रेसर कुकरभित्र बासी भात भेटिएको छ ।

कुकरमा तार जडान गरेर बम जस्तै देखिने गरी राखिएको थियो । जसले गर्दा स्थानीयमा त्रास फैलाएको थियो । तर भात भेटिएपछि डिस्पोज टोली नै छक्क परेको बताइएको छ । बम भनिएकाे उक्त बस्तु हटाइएपछि अवरुद्द राजमार्ग खुलेको प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!