देशभर मौसम बदली, हुरीबताससहित पानी पर्ने सम्भावना

Posted on: 22 Apr, 2019

बैशाख ९, काठमाण्डौ – उपत्यकासहित देशभरका धेरै ठाउँको मौसम अहिले बदली भएको छ । केही ठाउँको मौसम भने सफा छ । पश्चिमीसँगै स्थानीयले वायुको प्रभावले मौसम बदली भए पनि अहिले तत्काल पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । 

मौसमविद्का अनुसार अहिले बदली भएको ठाउँको मौसम केहीबेरमा खुल्नेछ । तर दिउँसोपछि फेरि बदली भई बेलुकीतिर मेघगर्जन र हुरीबताससहित पानी पर्ने मौसमविद् वरुण पौडेलको भनाई  छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!