'सावधान भ्रष्टहरु ! म भ्रष्टाचार विरुद्ध फूल टाइममा आउंछु' - प्रेम संजेल

Posted on: 23 Apr, 2019

वैशाख १०, काठमाडौँ | भ्रष्टचारविरुद्ध कडा रुपमा प्रस्तुत हुँदै आफूजस्तै कर्मचारी र सरकारी कामकाजको बिषयमा खरो मन्तव्य दिने चर्चित पात्र हुन् प्रेम संजेल ।  नेपाल सरकारका उपसचिवका रुपमा बिराटनगर श्रम कार्यालयको प्रमुखको रुपमा काम गर्दै आएका प्रेम संजेल देशमा व्याप्त भ्रष्टाचारको खरो विरोधमा छन् । 


पछिल्लो समय श्रम कार्यालय, बिराटनगरको प्रमुखका रुपमा कार्यरत् उनलाई सरकारले निर्वाचन आयोगको कार्यालयमा सरुवा गरेको थियो । त्यस क्रममा संजेलले तोकिएको कार्यालयमा हाजिर नभएको अवस्थामा पनि खाना, खाजा र प्रोत्साहन भत्ता लिएको आरोपमा अख्तियारमा उनि बिरुद्ध उजुरी परेपछि उनीविरुद्ध अख्तियारले पत्र काटेको थियो  । त्यसको बयान दिन उनि आइतबार टंगाल स्थित अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा बयानका क्रममा आएका थिए ।

अख्तियारमा आफूले बयान दिएको बिषयमा बोल्दै उनले सर्वोच्च अदालतको आदेश अनुसार उक्त भत्ता खाएको भन्दै अरवौंको भ्रष्टाचार छाडेर ५१ हजारको पछी लागेको भन्दै खरो टिप्पणी गरे । उनले देशमा कर्मचारी र राजनीतिले भ्रस्टाचार गरेको भन्दै केहि प्रधानमन्त्रीकै नजिक हिड्नेहरुले समेत श्रम सोषण गरेको आरोप लगाए । 


संजेलले सर्वहारा पार्टीको सरकार भएको बेला श्रम सोषण गर्नेहरु बिरुद्ध कानुनमा टेकेर काम गर्दा आफूलाई पटक-पटक सरुवा गरिएको भन्दै आलोचना गरे । 

तल यसै बिषयमा केन्द्रित प्रेम संजेलको पुरा मन्तव्य हेर्न सक्नुहुन्छ 

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् > https://www.youtube.com/watch?v=Zup9dJ1yiUA

यस बिषयमा तपाइको प्रतिक्रिया...!