श्रीमानले ज्युँदै जलाए आफ्नै श्रीमती

Posted on: 26 Apr, 2019

वैशाख १३, काठमाडौं । धनुषामा एक महिलालाई ज्युँदै आगो लगाएको एक साता नबित्दै सिरहामा पनि त्यस्तै घटना भएको छ । घरायसी विवादमा सिरहा नगरपालिका–८ की २१ वर्षीया कञ्चनदेवी मण्डल खत्वेको शरीरमा उनका श्रीमानले आगो लगाएका हुन् ।


आगोले कञ्चनको शरीरको ८० प्रतिशत भाग जलेको छ । तत्कालै उनलाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाइए पनि त्यहाँ उपचार सम्भव नहुँदा थप उपचारका लागि काठमाडौं रिफर गरिएको सिरहा प्रहरीले जनाएको छ ।

घटना पश्चात् कञ्चनकी पति बेचन मण्डल खत्वे फरार भएका छन् । कञ्चनकी सासुलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । 

यसअघि ५ वैशाखमा धनुषाको शहीदनगर नगरपालिका १ की २० वर्षीया निर्मला यादवलाई पति मुकेश यादवले शरीरमा मट्टीतेल खन्याएर आगो लगाइदिका थिए । उनको उपचार अहिले काठमाडौंको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भइरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!