काठमाडौंबाट लागुऔषधसहित एक युवक पक्राउ

Posted on: 26 Apr, 2019

बैशाख १३, काठमाडौं |  काठमाडौंको तीनकुनेबाट लागुऔषधसहित एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा रामेछाप घरभई शान्तिनगर बस्ने २० वर्षीय नविन खत्री रहेको महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रमुख डीएसपी गोविन्द राज काफ्लेले  बताए ।

खत्री वैशाख १२ गते राती ११ बजे तीनकुने बागमति पुलबाट पक्राउ परेका हुन्  ।

प्रहरीले खत्रीलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट लागुऔषध नाईट्राभेट ६५ ट्याब्लेट, पोल्याण्ड जस्तो देखिने लागुऔषध ७ ग्राम बरामद गरेको छ ।

पक्राउ परेका खत्रीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!