सर्लाहीमा जीपको ठक्करबाट बाबु–छोराको मृत्यु

Posted on: 18 May, 2019

जेठ ४, सर्लाही  । मलङ्गवा–नवलपुर सडकखण्डको हरिपुर–४ हरैया चोकमा आज जीपको ठक्करबाट बाबु–छोराको मृत्यु भएको छ । 

 नवलपुरबाट मलङ्गवातर्फ आउँदै गरेको बा १९ च २५८८ नं को जीपले ठक्कर दिँदा हरिपुर–४ हरैयाका ४० वर्षीय जैसी राय र उनका १० वर्षीय छोरा लक्ष्मणको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयका प्रहरी निरीक्षक राजकुमार शाहीले जानकारी दिए । 

राय बाबु–छोरा भैँसी चराएर घर फर्किदै गर्दा जीपले ठक्कर दिएको हो । लक्ष्मणको घटनास्थलमै मृत्यु भएको थियो भने उनका बाबु जैसीको उपचारको क्रममा हरिवनमा मृत्यु भएको हो । जीप चालक लालबन्दी नगरपालिका–७ का २० वर्षीय शिवनारायण साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!