ताजकिस्तानको एक जेलमा ३२ जनाको मृत्यु

Posted on: 20 May, 2019

जेठ ६, डुशान्बे रासस / एएफपी ताजकिस्तानको एक जेलमा भएको भीडन्तमा परी कम्तीमा ३२ व्यक्तिको मृत्यु भएको छ । 

 जेलभित्र भएको यस दङ्गामा परी मारिएका यी व्यक्तिहरुमा २४ जना इस्लामिक स्टेट्स आतङ्ककारी समूहका सदस्य र तीन जना सुरक्षा गार्ड रहेका अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । 

ताजकिस्तानको राजधानी डुशान्बेनजिकै रहेको यस कारगारामा आइतबार साँझ आइएस आतङ्ककारी समूहले शुरु गरेको भडपमा पाँच कैदी, तीन गार्ड र २४ जना आइएस आतङ्ककारी मारिएका यहाँको न्याय मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

यस घटनाको अनुसन्धान जारी रहेको बताइएको छ ।  तर समाचार विस्तृत विवरण भने प्राप्त नभएको जनाइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!