विप्लव’ समूहका केन्द्रीय सदस्य एवम् भेरी व्यूरो इन्चार्जसहित दुई जना पक्राउ

Posted on: 21 May, 2019

जेठ ७, वीरेन्द्रनगर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहका केन्द्रीय सदस्य एवम् भेरी व्यूरो इन्चार्जसहित दुई जना पक्राउ परेका छन् । प्रदेश प्रहरी कार्यालय सुर्खेतले आज पत्रकार सम्मेलन गरीे पूर्वी सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ भर्लेनीबाट आजै उनीहरुलाई पक्राउ गरेको जनाएको छ । 

विप्लवका केन्द्रीय सदस्य बलबहादुर वली ‘शितल’ र सुर्खेत जिल्ला सेक्रेटरी खड्कबहादुर खड्का ‘यामराज’लाई पक्राउ गरेको प्रदेश प्रहरी प्रमुख महेशविक्रम शाहले जानकारी दिनुभयो । उनीहरुका साथबाट पार्टीका विभिन्न दस्तावेज बरामद गरिएको उहाँले जानकारी दिनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!