देश नं १ लाई दुव्र्यसनमुक्त बनाइने : मुख्यमन्त्री राई

Posted on: 22 May, 2019

जेठ ८, इनरुवा । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ लाई दुव्र्यसनमुक्त बनाइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

 सुनसरी सदरमुकाम इनरुवामा मङ्गलबार जिल्ला प्रहरी कार्यालय सुनसरी र इनरुवा नगरपालिकाले सञ्चालन गरेको समुदाय–प्रहरी साझेदारी दुव्र्यसनविरुद्धको अभियान कार्यक्रमको उद्घाटन गर्नुहँुदै मुख्यमन्त्री राईले सो कुरा बताउनुभयो ।

उहाँले दुव्र्यसनले समाजमा आपराधिक गतिविधिका घटना बढाउने भएकाले यसको न्यूनीकरणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । मुख्यमन्त्री राईले प्रदेश सरकारले दुव्र्यसनविरुद्धको अभियानका लागि ‘सगरमाथा टिम क्लब गठन गरेर हामी अगाडि बढौँ’ भन्ने मूल नाराका साथ प्रदेशभरिका युवाको सक्रिय सहभागितामा दुव्र्यसनलाई न्यूनीकरण गर्नका लागि काम गरिरहेको बताउनुभयो ।

कार्यक्रममा प्रदेश नं १ का उद्योग पर्यटन वन तथा वतावरणमन्त्री जगदीशप्रसाद कुसियैतले काठमाडौँपछि सुनसरी आपराधिक र दुव्यर्सन गतिविधि हुनेमा दोस्रो जिल्लाका रुपमा रहेकाले यस्ता गतिविधिलाई निस्तेज पार्नका लागि सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

प्रदेश नं १ का प्रतिपक्षी दलका नेता राजीव कोइरालाले प्रहरीले सञ्चालन गरेको दुव्र्यसनविरुद्धको कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । 

जिल्ला प्रहरी कार्यालय सुनसरीले जिल्लामा दुव्र्यसनलाई न्यूनीकरण गर्नका लागि १६ विद्यालयमा फ्रेन्ड क्लब गठन गरेर अभियान सञ्चालन गरेको छ । कार्यक्रममा सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवकुमार खड्का, इनरुवा नगरपालिकाका प्रमुख राजन मेहता, प्रदेश नं १ का वरिष्ठ प्रहरी उपरीक्षक किशोरकुमार दाहाल, जिल्ला समन्यव समिति सुनसरीका उपप्रमुख कृष्णकुमारी विक, पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष अमर खड्कालगायतकाले दुव्र्यसनविरुद्ध ऐक्यबद्धता जनाउनुभएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!